काठमाडौं । वाग्मती प्रदेश सरकारले ११ सयभन्दा धेरै कर्मचारीका लागि दरखास्त माग गरेको छ ।
विज्ञापनमा विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि आवेदन माग गरिएको छ । माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नु पर्ने छ ।
प्रकाशित सूचना अनुसार प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारीका लागि आवेदन दिन सकिने छ ।


