काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिलमार्फत् कर छलि गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई दोषी ठहर भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार सफाइ दिन अस्वीकार गरेको छ।
न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले यस्तो फैसला गरेको हो ।
सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत् राजश्व ठगी गरेको पाइएको थियो। भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको थियो।
उक्त मुद्दा केही दिनदेखि सर्वोच्चको पूर्ण इजलासमा बहस भइरहेको थियो।


