काठमाडौं । मौसममा बदली भई बाक्लो हुस्सु लागेपछि आज आन्तरिक उडान प्रभावित भएको छ ।
काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ ।
भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान–अवतरण भने रोकिएको छैन ।


