काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दुई दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् ।
कम्पनीको प्राथमिक शेयरमा ४ लाख ९८ हजार ८०९ आवेदकले ५५ लाख १६ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । उक्त आवेदनबाट एक अर्ब १३ करोड ६४ लाख २७ हजार ८४० रुपैयाँ सङ्कलन भएको छ। कम्पनीले १२ लाख पाँच हजार ३२० कित्ताको लागि आवेदन आह्वान गरेको थियो ।
माण्डु हाइड्रोपावरले आइतबार (भदौ १० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको हो ।


