काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रूपैयाँ घुस लिएको भन्दै मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार हेटौंडाको टोलीले साह र कुशवाहालाई नियन्त्रणमा लिएको थियो । साहले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस कशवाहालाई लिन लगाई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले सोमबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, कलैया, बाराका खरिदार रामविश्वास साहले १५ हजार घुस मागगरी प्रतिवादी गौरीशंकर कुमार कुशवाहलाई लिन लगाएको खुलेको छ ।
