काठमाडौं । मालपोत कार्यालय पर्साका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नगेन्द्रप्रसाद चौधरी भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायणसिंह राई र जितेन्द्र थापाको इजलासले उनीहरुलाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको हो । ।
नासु गुप्ताको भ्रष्टाचारमा विगो ४७ लाख ५४ हजार १७ रुपैयाँ कायम गरी ९५ लाख ९ हजार ३४ रुपैयाँ जरिबानासहित पाँच वर्ष कैद हुने फैसला गरेको हो । यस्तै, लेखापाल चौधरीलाई विगो ४७ लाख ५४ हजार १७ रुपैयाँ कायम गरी ९५ लाख ९ हजार ३४ रुपैयाँ जरिबानासहित चार वर्ष कैद सजाय निर्धारण गरेको हो ।
नायव सुब्बा गुप्ताले लिखत रजिष्ट्रेसन पारित हुँदा प्राप्त हुने राजस्व उठाउने र उठेको राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउनुको साटो नबुझाई आफैँले राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ चैत १२ गते मुद्दा दायर गरेको थियो ।


