काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले थप १० वटा वितरण संजालको स्वामित्व हस्तान्तरण गरेको छ ।
मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा आए लगत्तै नयाँ खानेपानी वितरण संजालको परीक्षणलाई तीब्रता दिएका कारण दोस्रो पटक थप क्षेत्रका वितरण संजालहरूको स्वामित्व हस्तान्तरण गर्न सफलता मिलेको निर्देशनालयको भनाई छ । निर्देशनालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण संजालको करिव २ अर्ब ७ करोड मूल्य बराबरका २७८ कि।मि। खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरिएको छ ।
यसअघि, गत असारमा बोर्डलाई हस्तान्तरण गरिएका करिव रू। ४० करोड १४ लाख मूल्य बराबरका ७५ कि।मि। खानेपानी वितरण संजालबाट नियमित रूपमा मेलम्चीको पानी वितरण हुँदै आएको छ ।हालसम्म हस्तान्तरण गरिएका जम्मा १४ वटा वितरण संजालका कूल ३५० कि।मि। खानेपानी वितरण प्रणालीबाट जम्मा २३ हजार घरमा मिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको छ ।


