काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकका अनुसार सोमबार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ भने एक युरोको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।
आज एक बेलायती पाउण्डको खरिद दर १६५ रुपैयाँ ०९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


