काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झा राष्ट्रिय समाचार समितिको अध्यक्षम नियुक्त भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्ष हरिहर अधिकारीको चारवर्षे कार्यकाल पूरा भएपछि राससमा अध्यक्ष पद खालि थियो । झाले पछिल्लो समय समसामयिक विषयमा कलम चलाउँदै आएका छन् ।


