काठमाडौं । लगातार पानी परेपछि मूलपानी माथिल्लो क्रिकेट मैदानमा हुन लागेको नेपाल र साउदी अरेबियाबीचको खेल रद्द भएको छ।
आज बिहान साढे ९ बजे टस हुनुपर्ने कार्यतालिका भए पनि दिउँसोसम्म लगातार पानी परिरहेकोले खेल हुन नसकेको हो।
मूलपानी मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दै थियो। खेल रद्द भएसँगै नेपाल ५ अंक बनाएर सेमिफाइनलमा पुगेको छ भने साउदी अरेबिया तीन अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।


