काठमाडौं । अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्गको बुटवल –पाल्पा सडकमा यातायात अवरुद्ध भएको छ।
पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूला छहरा खसेको कारण सवारी साधन ओहोरदोहोर हुन नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भएपनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरु खसेको छन्।


