काठमाडौं । आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लाछिानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।
बागमती अन्तर्गत काठमाडौं उपत्यकामा पनि अहिले वर्षा भइरहेको उनले बताए।
‘उपत्यकाको उत्तर–पश्चिमतिर अहिले वर्षा भइरहेको देखिन्छ’, उनले भने, ‘पूर्वतर्फ भने मौसम बदली मात्र छ, पानी परेको छैन।’


