अर्थमन्त्री महतले अहिलेको अवस्थामा ब्यवस्था नै परिवर्तन गर्ने कुरा असम्भव रहेको जिकिर गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेकाउनले बुधबार नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएका हुन्।
उनले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत पुनर्स्थापनाका लागि ठूलो बजेटको खाँचो हुने देखिएको बताए । सरकारले आफ्नो स्रोत साधनबाट मात्रै पुनर्स्थापना र पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको भन्दै उनले त्यसका लागि दातृ निकायको समेत समर्थन र सहयोगको खाँचो रहेको बताए ।


