काठमाडौं । सशस्त्र प्रहरीले १०० जना उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। सशस्त्र बलले विहीबार एकै पटक वरिष्ठ अधिकृतहरूको सरुवा गरेको हो।
सरुवा अनुसार सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुलाई सशस्त्र प्रहरी बल रिजर्भ गण ४३ नम्बर हेडक्वार्टरबाट सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ।
त्यसैगरि समेनन्द बज्राचार्यलाई सशस्त्र प्रहरी बल मानव श्रोत विभागबाट सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वार्टर सुनसरीमा सरुवा गरिएको छ। उता हर्कराज पन्तलाई एपीएफ अस्पतालबाट सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वार्टर दार्चुलामा सरुवा गरिएको छ।


