काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी प्रहार बढेको बताएका छन्।
सभापति देउवाले संसदीय दलको बैठकमा उपनिर्वाचनका क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेका हुन्। बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण भएको बताए।
बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए। सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारण पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा गरिएको थियो।


