काठमाडौं । सरकारले परराष्ट्र सचिवमा सेवा लम्साललाई नियुक्त गरेको छ।
बिहीवारको मन्त्रिपरिषद् बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने गरी सचिवमा बढुवाको निर्णय गरेको हो। योसँगै लम्साल नेपालको परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी छिन्।
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले लम्साललाई पराष्ट्र सेवाको सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीमा नियुक्त गर्न सिफारिस गरेको थियो।


