काठमाडौं । गत मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ ।
यसरी सरुवा हुनेहरुमा लिलाराज पौडेल,मुकेश रेग्मी,लक्ष्मीप्रसाद रेग्मी,सन्तोष कुमार दाहाल,बासुदेव रेग्मी,पुष्कर खड्का,टिकाराम घिमिरे र गीता ढकाल रहेका छन् ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय कार्यरत लिलाराम पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ भने सूचना तथा सञ्चारमा रहेका मुकेश रेग्मीलाई भौतिक पूर्वाधार मन्त्रालयमा खटाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट लक्ष्मी प्रसाद रेग्मीलाई गृहमा ल्याइएको छ।
सामान्यको अतिरिक्त समूहमा रहेका सन्तोष कुमार दाहाललाई राष्ट्रिय सूचना आयोगमा पठाइएको छ । वन तथा वातवरण मन्त्रालयमा रहेका बासुदेव रेग्मीलाई राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
गृह मन्त्रालययका पुष्कर खड्का प्रदेश प्रमुख कार्यालय सुदुर पश्चिम प्रदेशमा पठाइएको छ ।यस्तै सामान्यको अतिरिक्तमा रहेका टिकाराम ढकालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गीता घिमिरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खटाइएको छ ।
यसैगरी मन्त्रालयले राष्ट्रिय योजना आयोगमा कार्यरत उपसचिव नारायण पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन अतिरिक्त समूहबाट कामकाजका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश अन्तरगत सरुवा गरेको छ भने घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूदुरपश्चिम प्रदेशमा खटाएको छ ।


