काठमाडौं । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले् ११ जना सचिवहरुको सरुवा र २ को पदस्थापन गरेको छ ।
यसरी सरुवा हुनेहरुमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ भने भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीलाई त्यहाँ खटाइएको छ ।
यस्तै, वागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योगको जिम्मेवारी पाउँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई लगिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सृुवेदीले जिम्वेपारी पाएका छन् । शिक्षाका रामकृष्ण सृुवेदीको वित्त आयोगमा पुर्याइदा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा , युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य गौतमलाई निर्वाचन अयोगमा, निर्वाचन आयोगका गोकर्णमणि सुवेदीलाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, उपराष्ट्रपति कार्यालयका तोयम रायालाई राष्ट्रिय तथ्यांक कार्यालयमा, कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । यस्तै हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यालाई वागमती प्रदेश र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशमा पदस्थापन गरिएको छ ।
