काठमाडौं । सडक निर्माण सम्पन्न सिफारिस वापत घुस लिने धनुषाको नगराइन नगरपालिका वडा २ का वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्र पक्राउ परेका छन् ।
उनीहरुले सेवाग्राहीबाट ७० हजार घुस मागेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनीहरुलाई नगराइन चोक धनुषाबाट पक्राउ गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले बुधबार वडाध्यक्ष यादव र वडासचिव मिश्रलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । पक्राउ परेका उनीहरुको साथबाट अख्तियारले ७० हजार बरामद गरेको छ ।
उनीहरूले सेवाग्राहीबाट सडक निर्माण सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए ।


