काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको बताएको छ ।
काउन्सिलका अनुसार गत कात्तिक २९ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेकामध्ये १५ छापामाध्यम, पाँच टेलिभिजन, २० रेडियो, ४४ अनलाइन गरी ८४ सञ्चारमाध्यम र पाँच वेबपोर्टलबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको हो।
काउन्सिलका अनुसार यसरी आचारसंहिता उलंघन गर्नेमध्ये ६ वटालाई निर्देशन दिइएको छ भने ४६ वटालाई ध्यानाकर्षण गराइएको छ । यसैगरी १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधेको जनाएको छ। दर्ता नभएका पाँच वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने तीन अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ। मिडियाअन्तर्गत केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गराइएको छ।


