काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकामा रहेका अधिकाँश ट्रायल सेन्टरले नियमविपरीत शुल्क लिने गरेकाले उनीहरुमाथि कारबाही गर्न निर्देशन दिएको छ । केन्द्रले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे भक्तपुर, काठमाडौंको ठूलोभऱ्याङ र चाबहिल तथा ललितपुरको एकान्तकुनालाई पत्र लेखेर त्यहाँ सञ्चालनमा रहेका ट्रायल सेन्टर मापदण्डविपरीत सञ्चालनमा रहेको ठहर गरेको हो ।
केन्द्रले काठमाडौं,भक्तपुर,ललितपुरमा सञ्चालनमा रहेका राधेराधे भक्तपुर, काठमाडौं,ठूलोभर्याङ, चाबहिल र ललितपुर एकान्तकुनालाई पत्र लेख्दै त्यहाँका अधिकांश ट्रायल सेन्टरहरु मापदण्ड अनुसार सञ्चालन नभएको,सोही कारण अधिकांश परीक्षार्थीहरु अनुत्तिण हुने गरेको,मनोमानी ढंगले शुल्क लिने गरेको भेटिएको जनाइएको छ ।
केन्द्रले यस्ता ट्रायल सेन्टरलाई कारवाही गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले भाडामा लिएर ट्रायल परीक्षा चलाइरहेको इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल भक्तपुर, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्राली गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्रको स्थलगत निरीक्षणपछि राष्ट्रिय सतर्कता केन्द्रले ती ट्रायल सेन्टरले सरकारले तोकेको मापदण्डमा नै पूरा नगरेको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।
यी ट्रायल सेन्टरका सञ्चालकहरुसँग कर्मचारीहरुले मिलेमतो गर्ने र पास फेल गराउने गर्दै आएका छन् । यातायातका कार्यालय नै कर्मचारी कम र ट्रयाल सेन्टर सञ्चालकहरुले बढी चलाउने गर्दछन् भन्ने आरोपमात्र होइन कि प्रष्ट देखिएको छ । ट्रयाल दिने मान्छे क्यानडामा छ । यहाँ खेताला परीक्षार्थीले परीक्षा दिन्छ र लाइसेन्स हात पार्दछ । यस्तो गडबडीविरुद्ध उजुरी टंगालमा पुग्छ तर अख्तियारले छानबिनमा चासो नदिँदा बदमासी गर्नेहरुको हौसला झनै बढेको छ ।
जस्तो गत २०८० असोज २३ गते बर्ग ‘बी’ को ट्रायल परीक्षा सि न १२२ का परीक्षार्थी क्यानडामा बसोबास गर्दै आएका छन् । उनको नाममा खेताला उमेद्धारले परीक्षा दिए र उत्र्तीण पनि भए । सि.न. २२१ को नक्कली परीक्षार्थी खडा गरी लाइसेन्स दिने काम तमाम पारियो । यस्का अलवा मृतकका नाममा समेत त्यहाँबाट लाइसेन्स इस्यु भइरहेको याताायातकै कर्मचारीहरु बताउँछन् । त्यहाँका कर्मचारीहरुले ट्रयाल सेन्टरसँगको मिलेमतोमा अनुत्र्तीण भएकालाई उत्र्तीण गराउने,खेताला लगाएर परीक्षा दिइ लाइसेन्स दिने धन्दा चलिरहेको बताइन्छ । यस्का अलवा ०८० माघको पहिलो शुक्रवार सि. नं. ४ का सेवाग्राहीलाई जे जे टुमा बायोमेट्रिक नगराई परीक्षा दिन लगाएको यातायातकै कर्मचारीहरुले बताउँदै हिडेका थिए । त्यहाँ हेभी गाडीमा उत्तीर्ण गराएबापत २० देखि ८० हजारसम्म असुल गरिन्छ । कारको १० हजार, बसको १५ हजार, बाइकमा आठ हजार उठाइँदै आएको छ ।


