सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक ९डिआईजी० कुमार न्यौपानेलाई दिईएको छ ।
यसअघि प्रवक्ता रहेकासशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू।एन। शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि डिआईजी न्यौपानेलाई सो जिम्मेवारी दिईएको हो ।
नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं। ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपती थिए ।


