काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ उपसचिवहरुको सरुवा गरेको छ ।
मन्त्रालयले आज २० जना नवनियुक्त उपसचिवहरुको पदस्थापन गरेको हो भने बाँकी २९ जना उपसचिवहरुको सरुवा गरेको छ । २० उपसचिवको पदस्थापन गरिँदा १६ जनालाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ भने दुईलाई गृह,एक जनालाई निर्वाचन आयोग र एक उपसचिवलाई भूमि मन्त्रालयमा पदस्थापन गरेको छ ।
यस्तै २९ उपसचिवको सरुवा गर्दा ९ जनालाई जिल्ला समन्वय समितिमा खटाइएको छ भने ४ जनालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएका छन् । १२ लाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । बाँकी ४ जनामध्ये केही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र केही मन्त्रालयमा ल्याइएको छ ।


