काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने समय नजिकिँदै जाँदा सरकारले ६ जना सचिवको सरुवा गरेको छ। हिजो बसेको बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेश प्रसाद पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने कृषि तथा पशुपन्छि मन्त्रालयमा कार्यरत गोविन्द प्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् ।
वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ।
पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ। त्यस्तै, लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ ।


