काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७९.८० को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन बुझाएको छ
केन्द्रका सचिव रामआधार शाहले सोमबार एक कार्यक्रमकाबीच अख्तियारसमक्ष प्रतिवेदन पेश गरेका हुन्।
सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ५० (१) बमोजिम सार्वजनिक पद धारण गरेको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र कानुन बमोजिम आफ्नो सम्पतिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको र तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई सोही ऐनको दफा ५० (३) बमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ।


