काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भारत कुमार थापासहित ६ जनाविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसरी मुद्दा दायर गरिएकाहरुमा मेयर थापासहित अन्य ६ जना रहेका छन् । उनीहरुले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी ९(भारत ताल)निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।