काठमाडौं । गृह मन्त्रालयले ८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। उनीहरुलाई गत जेठ १६ गतेको निर्णयअनुसार सरुवा तथा पदस्थापन गरेको हो।
यसरी सरुवा अनुसार गृह मन्त्रालयमा रहेका सूर्यप्रसाद उपाध्यायलाई अध्यागमन विभागको निर्देशकको जिम्मेवारी पाएका छन् भने ललितकुमार बस्नेतलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,युवराज अर्याललाई धादिङको सहायक सिडिओ, कृष्णप्रसाद हुमागाईलाई नुवाकोटको सहायक सिडिओ, धर्मराज जोशीलाई कञ्चनपुरको सहायक सिडिओ, भीमराज कोइरालालाई सुनसरीको सहायक सिडिओ, ओमप्रसाद भट्टराईलाई गृह मन्त्रालय र अशोक कुमार भण्डारीलाई डडेलधुराको सहायक सिडिओको जिम्मेवारी तोकिएको छ।