काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको एसआई युकेको ‘मल्टी डेस्टिनेसन एजुकेशन फेयर’ सम्पन्न गरेको छ ।उनले शनिबार आफ्नै कार्यालय आयोजना गरेको फेयरमा ६ सय बढी विद्यार्थीले सहभागिता जनाएको जानकारी दिएको छ ।
एसआई युकेको पुतलीसडकमा रहेको आफ्नै कार्यालयमा युके, क्यानडा, बेलायत, दुबई युएसए, न्युजिल्यान्ड, आयरल्यान्डका विश्वविद्यालयहरुको सहभागिता रहेको थियो । उनीहरुले विद्यार्थीसँग खुलेर अन्तरक्रिया गरेका थिए ।
फेयरमा सहभागी विद्यार्थीले आफूहरु विदेशीलाई भेट्न पाउँदा निकै खुशी लागेको बताएका थिए । सहभागी विश्वविद्यालयका प्रतिनिधिले पनि विद्यार्थीको सहभागिताले निकै उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले भिसा प्रोसेसिङ कसरी गर्ने, आफू अध्ययन गर्न जाने देश कस्तो हो, त्यहाँको शैक्षिक वातावरण कस्तो छ, आफू अध्ययन गर्न जान लागेको युनिभर्सिटीको नीतिहरु कस्ता छन्, अध्ययन सकेपछि पोस्ट स्टडी वर्क अबस्था के छ र कसरी अप्लाई गर्ने लगायतका विषयमा जानकारी प्राप्त गरेका थिए ।
एसआई युकेका निर्देशक विनय अधिकारीका अनुसार आजको फेयरमा विदेश पढ्न किन जाने, हाई क्वालीटी एजुकेसन कसरी लिने, फेयरमा सहभागी युनिभर्सिटीहरुको शैक्षिक गुणस्तर, पिएसडब्लु बारे, विश्वविद्यालयको कोर्ष, भाषा, डकुमेन्ट, बैंक लोन, स्कलरसीप आदीबारे युके क्यानडा, बेलायत दुबई युएसए, न्युजिल्यान्ड र आयरल्यान्डका चालीस भन्दा युनिभर्सिटीका प्रतिनिधिहरूबाट विद्यार्थीले प्रत्यक्ष परामर्श लिएको जानकारी दिए ।


