काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, यो दिन चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।


