काठमाडौं । नेपाली प्रहरीका प्रहरी नायव महानिरीक्षक ( डीआइजी) पोषराज पोखरेलले अवकाश पाएका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रमुखमा कार्यरत उनले उमेर हदका कारण अवकाश पाएका हुन् ।
गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद्ले उनको बढुवा सिफारिसलाई कुनै निर्णय नगरेपछि उनले डिआईजीबाटै अवकाश पाएका हुन् ।
ट्राफिक प्रहरी कार्यालयले बिहीबार उनलाई बिदाइ गरेको छ