काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको बिजुली जोडिदिने निर्णय गरेको छ ।
मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय प्रवक्ता चन्दनकुरमा घोषले बताए ।
‘मंगलबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो’, उनले भने, ‘तर उक्त निर्णयमा सञ्चालक समितिका एकजना सदस्यले हस्ताक्षर गर्न बाँकी छ ।’


