काठमाडौं । बुधबार एकैदिन नेपाली बजारमा सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।


