काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखा परेको समस्यालाई समाधान गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।
मन्त्री पौडेलले ।सोमबार अर्थ मन्त्रालयको पदभार सम्हाल्दै यस्तो बताएका हुन् ।
राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रसाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने समेत उनले उल्लेख गरे।मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देश दिने उनको भनाइ थियो ।
‘


