काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई आइतबर सर्वोच्चका न्यायाधीशरुहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले यस्तो फैसला गरेको हो ।
उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाइएको हो।
यसअघि विशेष अदालतले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गरी बिगो र जरिवानाले हुने यसको दोब्बर रकम असुल्नुपर्ने र डेढ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
