काठमाडौं । पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् ।
उनलाईविशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालसँग ५० हजार धरौटी माग गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् ।
अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
