काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले सपथ लिएकै दिन पेट्रोलियम पदार्थको मूल्य बढेका छ ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ३(३ रुपैयाँका दरले मूल्य बढाएको बताएको छ।
बढेको मुल्यअनुसार पेट्रोल प्रति लिटर पहिलो वर्ग १६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग १७० रुपैयाँ र तेस्रो वर्ग १७१ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टीतेल प्रति लिटर पहिलो वर्ग १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग १५९ रुपैयाँ र तेस्रो वर्ग १६० रुपैयाँ काम भएको छ।


