काठमाडौं । एनएमबी बैंकले विद्युतीय सवारी साधन खरिद गर्न ८.९९ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराएको छ।
बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ कम ब्याजदरमै कर्जा उपलब्ध गराएको जनाएको छ ।
‘ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन्’, बैंकले भनेको छ, ‘लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरूसहित, ग्राहकहरूले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्नुहुनेछ।’


