काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकार शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनतर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।
उनले आज अर्थमन्त्री विष्णु पौडेलसँगको भेटका क्रममा यस्तो बताएका हुन् ।
भेटका क्रममा संघका पदाधिकारीहरूले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफलको बारेमा जानकारी गराएका थिए ।


