काठमाडौं । नेकपा एमाले प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले उनलाई सोमबार ९साउन ७० मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदहरूको हस्ताक्षरसहित सोमबार नै आचार्यले मुख्यमन्त्री दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेको जानकारी गराएका छन्।


