काठमाडौं । राष्ट्र बैंकले आज ( विहीबार) का लागि विदेशी म्द्राको विनिमयदर तोकेको छ ।
आज एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ शून्य पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ०१ पैसा र बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


