काठमाडौं । अर्थ मन्त्रालयले ५८ जना उपसचिवहको सरुवा गरेको छ । मन्त्रालयले बुधबार उनीहरुको सरुवा गरेको हो ।
मन्त्रालयले गरेको सरुवा सूची अनुसार सुदिश कुमार अर्याल अर्थ मन्त्रालय पुगेका छन् । उनी आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा प्रमुख कर अधिकृत थिए । यसैगरी शशि भट्टराई र अमित पौडेल मन्त्रालय तानिएका छन् । भट्टराई आन्तरिक राजस्व कार्यालय, न्युरोडमा प्रमुख कर अधिकृत थिए।
यसरी मन्त्रालयमा तानिनेहरुमा शरद निरौला, दयानन्द केसी , किशोर ढकाल रहेका छन् उनीहरु क्रमशः ठुला करदाता कार्यालय, तातोपानी भन्सार र प्रमुख मध्यमस्तरीय करदाता कार्यालयमा कार्यरत थिए । सरुवा अनुसार सम्झना बराललाई आन्तरिक राजस्व विभाग, लाजिम्पाट, राजेन्द्र बन्धु अर्याललाई आन्तरिक राजस्व कार्यालय, महेन्द्रनगर लगिएको छ भने डोलिन्द्र प्रसाद शर्मा,जलेश्वर भन्सार कार्यालय पुगेका छन् ।
यसैगरी प्रकाश पौडेल र लाल प्रसाद शर्मा आन्तरिक राजस्व विभाग, लाजिम्पाट, ध्रुव पोखरेल आन्तरिक राजस्व कार्यालय लाजिम्पाट गएका छन् । गणेश प्रसाद अर्याल, राजेन्द्र कुमार हमाल, किशोर बर्तौला भन्सार विभाग त्रिपरेश्वर सरुवा भएका छन् ।
लव कुमार अधिकारीलाई इटहरी, टिकाराम गैरे आन्तरिक राजस्व कार्यालय, बुटबल पुगेका छन् भने गगन बहादुर बिके आन्तरिक राजस्व कार्यालय, कोटेश्वर, तिलक बहादुर खड्का आन्तरिक राजश्व कार्यालय डडेल्धुरा खटाइएका छन् । आन्तरिक राजश्व कार्यालय झापामा पुन्यप्रसाद रिजाल पुगेका छन् । श्रीधर टण्डनलाई राजस्व कार्यालय, दाङ्ग खटाइएको छ ।
टिकाराज चौलागाई वीरगंज, दिनेश पाण्डे आन्तरिक राजस्व कार्यालय सिमरा, डिल्लीराम पौडयाल आन्तरिक राजस्व कार्यालय, सुर्खेतमा सरुवा भएको छ ।
यसैगरी पूर्णप्रसाद न्यौपाने आन्तरिक राजस्व कार्यालय, नेपालगंज गएका छन् । राजस्व कार्यालय, नयाँसडकमा युवराज बस्नेत आएका छन् । नरेन्द्र प्रकाश पाण्डे आन्तरिक राजस्व कार्यालय पुतलीसडक गएका छन् ।
आन्तरिक राजस्व कार्यालय, बालाजुमा सुरेन्द्र पाण्डे आएका छन् । पुण्य विक्रम आन्तरिक राजस्व कार्यालय, भरतपुर, प्रेमराज पोखरेल आन्तरिक राजस्व कार्यालय, भैरहवा पुगेका छन् ।
आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा मुक्तिराम आचार्य,डमरु प्रसाद पराजुली आन्तरिक राजस्व कार्यालय, महेन्द्रनगर पुगेका छन् । भीमप्रसाद काफ्ले आन्तरिक राजस्व कार्यालय, लाहान गएका छन् भने आन्तरिक राजस्व कार्यालय, ललितपुरमा सीता आचार्य रिसाल पुगेकी छिन् ।
यसैगरी ध्रुव प्रसाद पाण्डेलाई ठूला करदाता कार्यालय, हरिहरभवन, जगदिश बसेल र लक्ष्मी कुमार रिमाल नवराज अर्याल लाई मध्यमस्तरीय करदाता कार्यालय, बबरमहल खटाइएको छ । निरन भट्टराईलाई भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वर कमल कुमार भट्टराई तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोक खटाइएका छन् ।
खगेन्द्र खड्का र घनश्याम पन्थीलाई ठूला करदाता कार्यालय, हरिहरभवन पठाइएको छ । तुलसी प्रसाद चौलागाई अर्थ मन्त्रालय तानिएका छन् । शान्तिराम निरौला र अर्जुन कुमार न्यौपाने त्रिवि भन्सार कार्यालय, काठमाडौं आएका छन् । गजेन्द प्रसाद यादव र सुव प्रसाद रिजाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ल्याइएको छ ।
यसैगरी उद्धव राज न्यौपाने ठूला करदाता कार्यालय, ललितपुर र सन्त बहादुर ढकाल ठूला करदाता कार्यालय, हरिहरभवन पठाइएको छ ।