काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपियाँले घटेको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तोलामा १०० रुपैयाँले घटेर कारोबार भएको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।


