काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ बहुमतको विश्वासको मत प्राप्त गरेका छन्। सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धि राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।
शाहले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ३६ सांसदले मतदान गरे। विपक्षमा ८ सांसदले मतदान गर्दा स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी तटस्थ बसे।विश्वासको मत विभाजनमा ४५ सांसदले भाग लिएका थिए। सुदूरपश्चिममा ५३ सांसद छन्।
नेपाली कांग्रेस १८, नेकपा एमाले ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्। शाहले दुई तिहाइ बहुमतको विश्वास मत पाएका छन्।


