काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय ट्रमा सेन्टरमा नियुक्त गरिएका १५ कर्मचारीको बिषयमा आवश्यक कागजात तीन दिनभित्र पठाउन निर्देशन दिएको छ ।
रिजाल ट्रमाको प्रमुख ९मे सु० हुँदा प्रति व्यक्ति ४ लाखका दरले रकम उठाएर १५ कर्मचारी भर्ना गरिएको बिषयमा ट्रमा सेन्टरलाई ३ दिनभित्र राय प्रतिक्रिया सहित आवश्यक कागजात उपलव्ध गराउन राष्ट्रिय सतर्कता केन्द्रले पत्र काटेको हो ।
मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टर का प्रमुख निर्देशक डाक्टर बद्री रिजालले गरेका बदमासीविरुद्ध ट्रमाकै केही कर्मचारीहरु आपत्ति जनाउँदै अख्तियारदेखि प्रधानमन्त्री तथा मीनत्रपरिषद्को कार्यालय,स्वास्थ्य मन्त्रालयसम्म पुगेका थिए ।


