काठमाडौं। सरकारले एकैपटक ५९ सहसचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार आठ जना सहसचिव अर्थ मन्त्रालयमा सरुवा भएका छन् भने चार जना परराष्ट्र मन्त्रालय र पाँच जना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।


