काठमाडौं ।मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २३ सयले घटेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन ९२४ क्यारेट० प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार ९हिजो० छापावाल सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।


