काठमाडौं । आफूभन्दा जुनियरलाई मुख्य सचिव बनाएपछि राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।
उनी सबैभन्दा सिनियर सचिव थिए । उनी आगामी २२ भदौमा अवकाशमा जाँदै थिए ।
तर, मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग भेटघाट गरेर मुख्यसचिवका लागि तयार रहन भनेका थिए । यो सन्देश पुगेलगत्तै ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाएका थिए ।
स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो ।


