काठमाडौं । आजदेखि आँखुखोला जलविद्युत कम्पनीको हकप्रद विक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो।
कम्पनीको हकप्रद शेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ।
हकप्रद शेयर निष्कासन पछि प्राप्त हुने रकममध्ये ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रबर्द्धित आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत शेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्ने र बाँकी ४० करोड रुपैयाँ कम्पनीद्वारा निर्मित आँखुखोला १ आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न प्रयोग गर्ने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।


