काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधरणसभा आज काठमाडौंमा सम्पन्न भएको छ।
लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा साधारणसभा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने, नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित भएको छ।


