काठमाडौं । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १५७ जना कर्मचारीको सरूवा गरेको छ ।
वन तथा वातावरणमन्त्री बादशाह कुर्मीको निर्णयअनुसार प्रदेश वन सेवा सहायक तृतीयदेखि अधिकृत आठौं तहसम्मका कर्मचारीको सरूवा गरिएको हो ।
बढीजसो एक कार्यालयमा २ वर्ष अवधि पूरा गरेका कर्मचारीहरु सरूवा भएका छन् ।


